close

नायिका रेखाको अर्को स्टन्ट

केही समयअघि राउटे बालबालिका घर भित्राएर आमा बनेकी नायिका रेखा थापा राउटे बस्तीमै पुगेर माघी मनाएकी छिन् । सुदूर पश्चिमको सुर्खेतस्थित राउटे बस्तीमा पुगेर तीनवटा खसी र ५२ बोरा चामल बाँडेर रेखाले माघी मनाएकी हुन् ।

उनले राउटेसग माघी मनाउन पाउदा आफू ज्यादै हर्षित भएको आफ्नो फेसबुक पेजमा समेत लेखेकी छिन् । रेखा फाउन्डेसनमार्फत आफू माघी मनाउन सुर्खेत पुगेको उनले लेखेकी छिन् ।

पति छवि ओझासँग छुट्टिएर बसिरहेकी रेखा केही न केही गरेर चर्चामा आइरहने नायिकामा पर्छिन् । उनको चर्चा सिनेमामा मात्रै सीमित रहँदैन । कहिले माओवादी राजनीतिमा लागेर त कहिले समाजसेवाका नाममा उनी मिडियामा छाउन चाहन्छिन् ।

rekha 2उनले पछिल्लो समय बनाएको काली फिल्मले राम्रै व्यापार गरे पनि अर्को सिनेमा बनाउने नबनाउने बारे केही पनि बताएकी छैनन् । चर्चामा आउने कामभन्दा नेपाली फिल्ममा केही योगदान दिने हो कि रेखा जी ?

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*