close

जोगी बनिन् नायिका अनु

anu shah11चर्चामा आउन नायिकाहरु के मात्रै गर्दैनन् । नायिका अनु शाहले शिवरात्रीलाई उपयोग गर्दै जोगीको भेषमा पशुपतिनाथमा फोटो खिचाएर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेकी छिन् ।

कालो लेगिङससहित बुट लगाएर उनले शरिरको माथिल्लो भागमा भने पहेंलो वष्त्र लगाएर जोगीहरुसङग फोटो सुट गराएकी छिन् । जोगीको लठ्ठी टेकेर पोज दिएकी अनुले गलामा रुद्राक्षको माला समेत पहिरिएको देखिन्छ । anu shah

गत वर्षको शिवरात्रीमा नायिका रेखा थापाले गाँजा तानिरहेको फोटो सार्वजनिक हुँदा नेपाली सिनेनगरीमा ठूलो हंगामा भएको थियो । अग्रज नायिका रेखाको चर्चाबाट अनु नलोभिने कुरै भएन । त्यसैले उनले पनि चर्चा पाउने रेखाको पाइला जो पछ्याइन् ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*