close

फेसबुके खोजकर्ताहरुले चोरिएका मूर्ति यसरी भारत फर्काए

l_125942_100739_updates

खासमा अरविन्द वेन्कत्रामान प्रविधिको ‘हब’ मानिने भारत चेन्नईका सफ्टवेयर इन्जिनियर हुन् । तर फुर्सदको समयमा भने उनी कलाको अन्तराष्ट्रिय खोजदाता समेत बन्छन् । उनको यस्तै खोजले थुप्रै भारतीय मल्यवान् पुरातात्विक वस्तुहरु स्वदेश फिर्ता भएका छन् ।

वेन्कत्रामान कला पारखीहरुको समूहको एक सदस्य हुन् । जसलाई इन्डियन प्राइड प्रोजेक्ट (आइपीपी)का रुपमा चिनिन्छ । यो समूह फेसबुक र अन्य सामाजिक सञ्जालहरुको प्रयोग गरेर भारतका मन्दिरहरुबाट चोरिएका पुरातात्विक प्राचीन वस्तुहरुको पहिचान गरेर स्वदेश फिर्ता गर्ने अभियानमा छ ।

कलाकृति चोरिनु भारतमा कुनै ठूलो कुरा होइन । तर वेन्कत्रामनको आफ्नो राज्य तमिलनाडुबाट सबैभन्दा बढी कलाकृति चोरिएको छ । यी कलाकृति पश्चिमा जगतमा एकदमै बढी मूल्यमा बिक्न सामथ्र्य राख्ने शदाब्दीऔं पुराना धार्मिक कलाकृति हुन् । खासगरी ग्रामीण भेगका मन्दिरबाट यी असुरक्षित बनेर चोरिए र युरोप अमेरिका पुगे ।
दुई वर्षअघि मात्रै आइपीपीले ठूलो विजय हासिल ग¥यो, जब उसले अष्ट्रेलियाको राष्ट्रिय आर्ट ग्यालरीबाट पित्तलबाट बनेको ५० लाख भारु बराबरको हिन्दु देवता शिवको मूर्ति फिर्ता गर्न सफल भयो । यो तमिलनाडु मन्दिरबाट चोरिएको थियो ।

वेन्कत्रामनका अनुसार शुरुमा ग्यालरीले उक्त कलाकृति चोरिएर आएको कुराको प्रतिरोध गरेको थियो । तर अहिले सोही ग्यालरीले यो मूर्ति म्यानहाटमको बिक्रेताले आफूलाई बेचेको आरोप लगाईरहको छ ।

त्यसपछि आइपीपीले चोरिएका मूर्तिका तस्वीर र संग्रहालयमा सजाइएको तस्वीरबीच तुलना गरेर सामाजिक सञ्जालका माध्यमबाट अभियान सञ्चालन गरे । “शुरुमा तै उनीहरुले अस्विकार गरे,” उनले एएफपीस“ग चेन्नइमा भने, “अस्टे«लिया, युरोप, सिंगापुर वा अमेरिका जहा“सुकैका पुरातात्विक वस्तुको व्यापार गर्नेहरुले पनि शुरुमा त प्रतिरोध गर्न खोजे । किनभने उनीहरुले धेरै ठूलो रकम खर्चेका थिए र उनीहरु त्यसलाई त्यत्तिकै खेर जान दिन चाह“दैन थिए ।”

यो मूर्ति म्यानहाटनमका पूर्वडिलर सुभाष कपुरले चोरेको आरोपित मध्येको हो । यो अहिले अमेरिकाको संघीय अनुसन्धान व्यूरोको ‘अपरेसन हिडन आइडल’ नामक अनुसन्धानको विषय बनेको छ । कपूर सन् २०१२ मा जर्मनीमा पक्राउ परेका थिए । उनीमाथि अहिले धार्मिक मूर्तिहरुको चोरी, तस्करी र कारोबारमा सहभागी बनेको षियमा भारतमा छानविन चलिरहेको छ । यद्यपि उनले यी सबै अभियोगहरु अस्विकार गरिरहेका छन् ।

कपूरले कारोबार गरेका अधिकांश प्राचीन वस्तुहरु ११ औं र १२ औं शताब्दी भन्दा पुराना छन् । यी हिन्दु कलाकृतिहरु चोला राजवंशले तमिलनाडुमा फैलाउन शुरु गरेका हुन् । “यो अपरेसशन धेरै वर्षसम्म चल्यो” तमिलनाडुको धार्मिक वस्तुहरुको रेखदेख गर्ने प्रहरीका प्रमुख प्रतीप भी फिलिप भन्छन्, “कपूर आफैं यी सबै परिदृश्यमा देखिंदैनन् । तर यस्तो कारोबारको मास्टरमाइड ऊ नै हो ।”

फिलिपका अनुसार कपूरले अमेरिकाका संग्रहालयहरुमा लाखौं डलर पर्ने मूल्यवान मूर्तिहरु चन्दाका रुपमा दिएर अन्तराष्ट्रिय कलाको क्षेत्रमा एकछत्र राज गरेका छन् । कपूरले भारतमा आफ्नै मालवस्तुको कम्पनी समेत चलाए । आधुनिक रेप्लिकाबजारलाई उनले खराब र मूल्यहीन बनाए । “विगतमा चोर जब चोरी स्थलमा पुग्थ्यो, मानिसहरुलाई मूर्ति चोरीबारे थाहै थिएन,” फिलिप भन्छन् ,“ त्यस्ता मन्दिरहरु परित्यक्त अवस्थामा हुनसक्थे, जहा“ मानिसहरु वर्षमा निश्चित समय मात्रै पुग्छन् । जब यस्ता ठाउ“मा चोरहरु पुगे उनीहरुले लामो यात्रा देखे ।”

यसको अर्थ हो, चोरिएका थुप्रै पूज्य भारतीय कलाहरु चोरिए भनेर समेत दर्ता भएका छैनन् । यसले अन्तर्राष्ट्रिय बजारमा यी प्राचीन कलाकृतिको कारोबार निर्बाध रुपमा भईरह्यो । ग्लासगो विश्वविद्यालयमा प्राचीन वस्तुहरुको तस्करीबारे पढाउने डोना याट्स अस्ट्रेलियाको आर्ट ग्यालरीमा चोरिएका मूर्ति देखिनु आफ्ना लागि पूर्णतः आश्चर्यजनक भएको बताउ“छिन् ।

यदि तपाइ“ले मलाई कपुर पक्राउ पर्नुभन्दा अघि सन् २०११ मा सोध्नुभएको भए पक्कै पनि म त्यसलाई नकार्ने थिए“ । मैले संग्रहालयको उद्यमलाई एकदमै परिमार्जित ठानेको थिए“,” उनले टेलिफोनमार्फत भनिन् । कपुरको पक्राउपछि ‘अपरेसन हिडन आइडल’ अन्र्तगत फेला परेका सयौं प्राचीन कलाकृतिहरु अमेरिकाले भारतलाई फिर्ता गरिदियो । तर यस्तो कलाकृतिहरु अझै हराईरहेका छन् । यो वर्षमात्रै फिलिपको टिमले मालसामानको गोदामबाट सैयौं प्राचीन कलाकृतिसहित एकजना आर्ट डिलरलाई चेन्नइमा पक्राउ ग¥यो ।

याट्सका अनुसार आइपीपीको चोरिएका मूर्तिबारे अभिलेख राख्नु र त्यसलाई फिर्ता गर्न सर्वसाधारणको ध्यानाकर्षण गराउने जनस्तरको काम एकदमै महत्वपूर्ण त हु“दै हो, संसारमै कहीं नभएको युनिक काइदा पनि हो । “स्रोतविहीन अवस्थाबाट पाईएको यस्तो सफलता सा“च्चै आश्चर्यजनक छ, यस्तो संसारमा कहिल्यै भएको छैन,” उनी भन्छिन् ।

यो समूहका स्वयंसेवहरु भारतीय कलाप्रति समर्पित छन् । उनीहरु लिलामी घरहरुमा राखिएका प्राचीन मूर्तिहरु नियाल्छन् । तीनलाई मन्दिरहरुकाट चोरिएका मूर्तिहरुस“ग दा“ज्छन् र त्रुटि पत्तो लगाउ“छन् । सिंगापुरमा बस्ने दुईजना कला पारखीहरुले यस्तो समूह स्थापना गरेका थिए । जसको क्रियाकलाप अहिले संसारभर फैलिएको छ । यस्तो कामबाट एकपैसा आम्दानी हु“दैन । तर वेन्कत्रामानका अनुसार मन्दिरमा मूर्ति पहिले जहा“ थियो त्यही फर्कनु नै सबैभन्दा मूल्यवान कुरा हो । “जब मूर्ति प्रतिस्थापन हुन्छ, तब मात्रै मन्दिर ‘लाइभ’ बन्छ,” उनी भन्छन्, “यो चक्र जस्तै हो । जब यो चक्र पूरा हुन्छ, सब ठीक हुन्छ । चक्रव्यूह अन्ततः समाधा हुन्छ ।”
–एजेन्सीहरुको सहयोगमा

 

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*