close

ओबामा र पप गायिका बियोन्सेको रंगीन प्रेम

159076355MD00117_Barack_Obaविश्वकै शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति र विश्व विख्यात पप गायिका बियोन्से न्वेल्सबीच गहिरो प्रेम सम्बन्ध रहेको भन्ने प्रसंगले पश्चिमा जगत्मा हलचल ल्याइदिएको छ । फ्रान्सको चर्चित अखबार ल फिगारोले वासिगंटन पोष्टले बियोन्से र ओबामाको प्रेमबारे मंगलबारको अंकमा समाचार छाप्न सक्ने बताएपछि उनीहरुको यस्तो सम्बन्धबारे विश्वभर चर्चा भएको हो । फ्रान्सका पूर्व फस्ट लेडी कार्ला ब्रुनीका साथी पास्काल रोष्टेनलाई उद्धृत गर्दै ल फिगारोले यस्तो समाचार लेखेको थियो ।

यद्यपि वासिंटन पोष्टले भने उक्त समाचार नछाप्ने प्रष्ट पारिसकेको छ । खासगरी फ्रेन्च मिडियाले ओबामा र बियोन्सेको लभ अफेयर चलेको खबरहरु सार्वजनिक गरिरहेका छन् । ओबामा र बियोन्सेका गोप्य तस्विर समेत सञ्चार माध्यममा छाएका छन् ।

यस्तो हल्ला फ्रेन्च राष्ट्रपति फ्रान्स्वास हल्याण्ड अमेरिका भ्रमणको बेला फैलिएको हो । हल्याण्ड आफैं पनि यस्तै रोमाञ्चकारी प्रेम विवादको केन्द्रमा फसेका थिए, केही समयअघि ।inaugural-swearing-in-630x446

५१ वर्षे ओबामा र उनकी श्रीमति ५० वर्षीया मिसेलले केही महिना अघि मात्रै आफ्नो २१ औं वैवाहिक वर्षगाँठ भव्यकासाथ मनाएका थिए । उनीहरुका दुई जना छोरी छन् । बियोन्सेले जय जेसँग विवाह गरेकी छिन् । बियोन्से र जय जे ओबामाका नजिकका साथी हुन् जो उनीहरुको वैवाहिक वर्षगाँठमा समेत उपस्थित थिए ।

अफेयरको हल्ला चलेका बियोन्से र ओबामा बीच केही समानता समेत छन् । दुवै जना काला जातिका शक्तिशाली व्यक्तित्व हुन् ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*