close

विन्टरमा सगरमाथा चढ्ने स्पेनी फर्काइए


काठमाडौं । विन्टर सिजनमा अक्सिजनबिना सगरमाथा आरोहण गर्ने दलका स्पेनी सदस्यलाई फकाईएको छ । २८ वर्षे कार्लियो रुबियो र सोही मुलुकका ३५ वर्षीय एलेक्स सिकोन जनवरी महिनाको शुरुदेखि नै सगरमाथा चढ्ने प्रयासरत गरिरहेका थिए । झण्डै तीन दशकपछि यो टोली बिना अक्सिजन विन्टर सिजनमा सगरमाथा चढ्न खोजेका हुन् ।

यो जोडी समुद्र सतहदेखि ४,६०० मिटरको उचाइमा रहेको क्याम्प–२ मा पुगेको थियो, जतिखेर कार्लियो उचाईका कारण अशक्त बने । त्यसपछि उनलाई ७ माघमा हेलिकप्टरबाट उद्धार गरिएको थियो । भोलिपल्ट उनलाई राजधानी काठमाडौं ल्याइयो । उनी अहिले अस्पतालमा भर्ना भएर उपचार गराईरहेको आयोजक संस्था सेभेन सम्मिटस्का तासी शेर्पाले एएफपीलाई बताए । “लेक लागेर विरामी परेपछि उनलाई दोस्रो क्याम्पबाट ल्याउनुपर्‍यो,” उनले भने ।

टासीका अनुसार सिकोन भने अहिले सगरमाथा क्षेत्रमै छन् । उनी यतिबेला ७,२०० मिटर उचाइको क्याम्प तीनमा पुगका छन् । सिकोनले आफ्नो फेसबुकमा लेखे अनुसार उनी सगरमाथाको चुचुरो पुग्नुभन्दा तलको सबैभन्दा अन्तिम क्याम्प चौथोसम्म पुग्नेछन्, चाँडै । “मलाई लेकले भेट्दा हामी दोस्रो क्याम्पबाट जम्मा १० मिटेजति मात्र टाढा थियौं,” टासीले अस्पतालको बेडबाट भने, “यो ठूलो दुर्भाग्य थियो । ८,००० मिटरभन्दा माथि पुग्ने मेरो पहिलो अनुभव थियो । यो निक्कै महत्वकांक्षी योजना थियो ।”

सन् १९९३ मा जापानी टोलीले अन्तिमपटक विन्टर सिजनमा सगरमाथा आरोहण गरेको थियो । त्यसयता कसैले पनि यो मौसममा सगरमाथा चढेको छैन । सन् १९८७ मा नेपाली आरोहीले यो सिजनमा बिना अक्सिजन सगरमाथा आरोहण गरेका थिए ।

हिमाल आरोहणका विज्ञहरुका अनुसार स्प्रिङगमा भन्दा विन्टरमा सगरमाथा चढ्नु एकदमै खतरनाक हो । ८,८४८ मिटर उचाइको शिखर चढ्ने क्रममा यो सिजनमा एकदमै चिसो र तीव्र हावाको झोक्कासँग मुकाबिला गर्नुपर्छ ।

रुबियोका अनुसार चारजना नेपाली गाइडसहितको यो टोलीले प्रतिघण्टा एकसय किलोमिटर गतिको हावाको सामना गरेको थियो भने तापक्रम माइनस ४० डिग्री सेल्सियस पुगेको थियो ।

सिकोनले भने शिखर चुम्ने अपेक्षा गरिएको छ । उक्त क्षेत्रमा फेबु्रअरीको पहिलो साता औसत माइनस ३६ डिग्री सेल्सियस तापक्रम हुन्छ, जुन ६० डिग्रीसम्म झर्नसक्छ ।

रुबियो अस्पतालबाट डिस्चार्ज भएपछि स्पेन फर्कनेछन् ।

हिमाल आरोहण गरिब मुलुक नेपालको राजस्वको एउटा प्रमुख स्रोत हो, जहाँ ८,००० मिटर माथिका विश्वका १४ वटा शिखरमध्ये ८ वटा छन् ।
–एएफपी

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*