close

वितरण केन्द्र प्रमुखकै मिलेमतोमा विद्युत चोरी

OB-ED535_0729ip_H_20090729052448बिगुल । कलैया र गौरमा विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुखकै मिलेमतोमा विद्युत चोरी भइरहेको खुलासा भएको छ । ती दुई वितरण केन्द्रबाट सबैभन्दा बढी विद्युत चुहावट भइरहेको प्राधिकरणको तथ्यांकले पनि देखाउछ ।
प्राधिकरणले घर पायक पर्नेगरी काम गर्ने सुविधा मिलाइदिएकाले ती वितरण केन्द्रका स्थानीय कर्मचारीसगको मिलेमतोमा विद्युत चोरी भइरहेको हो । त्यसमध्ये कार्यालयअन्तर्गतको कलैया केन्द्रले हालसम्म ६ सय ५४ दिन बराबरको करिब ३३ करोड २ लाख ५० हजार रुपैया“ उठाउन बा“की छ । गौर वितरण्ँ केन्द्रले हालसम्म ५ सय ८० दिन बराबरको करिब ४१ करोड ४१ लाख ४३ हजार रुपैया“ बक्यौता उठाउन बा“की छ । कलैया वितरण केन्द्रको विद्युत चुहावट ५३ प्रतिशत छ भने गौर केन्द्रको चुहावट ५२ प्रतिशत छ ।
कलैया वितरण केन्द्रका प्रमुख सुरेन्द्र अग्रहरी हुन् । उनले विद्युत चुहावट रोक्न कुनै भुमिका खेलेका छैनन् । उनले हटौडा क्षेत्रिय कार्यालय प्रमुख राम एकवाल यादवको निर्देशन अवज्ञा गर्नेमात्र होइन, सोझै विद्युत चोरी रोक्दिन भन्ने जवाफ दिने गरेको स्रोतको भनाइ छ ।
तर प्रहरी सहितको टोली विद्युत चुहावट निरीक्षणमा जादा भने उनले चोरी भइरहेको ठाउमा तार काटिदिने गरेका छन् । अनुगमन टोली फर्केपछि काटेको तार आफै जोडिदिने र त्यसवापत स्थानीय बासिन्दासग ५० रुपैयादेखि ५ सय सम्म लिने गरेका छन् । प्राधिकरणले मिटर उपलब्ध नगराउदा गौर र कलैयाका स्थानीय बासिन्दा विद्युत चोरेर बाल्न बाध्य भएका हुन् । उनीहरु प्राधिकरणले मिटर नदिने भएकाले कर्मचारीसग मिलेमतो गरी विद्युत चोर्न बाध्य भएको बताउछन् । चालु आर्थिक वर्ष जिल्ला प्रशासनले पनि मिटर उपलब्ध नगराएका कारण विद्युत चोरी भएको भन्दै प्राधिकरण अनुगमन कार्यक्रममा असहयोग गरेको छ । यी दुई स्थानमा चालु आर्थिक वर्षको फागुनसम्म करिब साढे ४ सय स्थानमा विद्युत चोरी अनुगमन गरी कारवाही गरिएको छ । गत आर्थिक वर्षको यहि अवधिमा १६ सय बढी स्थानमा विद्युत चोरी अनुगमन भएको थियो । गत आर्थिक वर्ष कलैया र गौरमा मात्र १२ हजार मिटर बिक्री भएको थियो । चालु आर्थिक वर्षका लागि प्राधिकरणसग मिटर छैन । मिटर आउन अझ डेढ महिना लाग्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*