close

यी हुन कर नतिर्ने पोखराका आधा दर्जन ठूला होटल

पोखरा । लामो समयसम्म पोखराका ठूला होटलहरुले समेत राज्यलाई कर नतिरी बसेको खुलेको छ । पर्यटकलाई सेवा दिने तारे होटलहरु नै राज्यलाई कर छल्न लागिपरेका हुन् । पोखरा उपमहानगरपालिकाले बारम्बार कर तिर्न ताकेता गर्दा समेत अटेर गरिरहेका होटलहरुलाई कानुनी कारबाहीको प्रक्रिया थालेपछि यस्तो रहस्य खुलेको हो ।

फूलबारी रिसोर्ट

उपमहानगरपालिकाको सक्रियता पाँच वटा होटलबाट करिब २ करोड रुपियाँ कर उठिसकेको छ ।

कर तिनै आलटाल गर्ने होटलहरुमा होटल ग्रान्ड, सांग्रिला भिलेज रिसोर्ट, होटल ड्रागन, अतिथि रिसोर्ट, टेम्पल ट्री लगायत छन् । यी होटलहरुले लामो समयदेखि सरकारलाई सम्पति कर नबmुझाई बसेका थिए । पाँचतारे होटल ग्रान्डले ७५ लाख रुपियाँ कर तिरेको छ । होटल सञ्चालन भएदेखि नै कर नतिरेको पोखरा उपमहानगरपालिकाले जनाएको छ । उक्त होटल चलेको ८ वर्ष बितिसकेको छ ।

होटल पोखरा ग्रान्ड

सांग्रिला भिलेजले समेत १८ वर्षपछि राज्यलाई ५७ लाख रुपियाँ कर तिरेको छ । रिसोर्टले जग्गा पास गराउँदा समेत कर तिरेको थिएन ।
त्यस्तै होटल ड्रागनले साढे सात लाख रुपियाँ कर बुझाएको छ भने अतिथि रिसोर्टले चार लाख रुपियाँ तिरेको छ । लेकसाइडमा रहेको टेम्पल ट्रीले १७ लाख रुपियाँ कर तिरेको छ ।

उपमहानगरपालिकाले ताकेता गरेर करिब आधा दर्जन होटलहरुले कर बक्यौता तिरेपनि अझै थुप्रै होटलहरुले भने कर बुझाउन आनाकानी गरिरहेकै छन् । चर्चित होटल फूलबारी रिसोर्टले अझै कर बुझाएको छैन । फूलबारी होटलले कर छुटका लागि शक्तिकेन्द्रमा लबिङ गरिरहेको छ ।

सांग्रिला भिलेज पोखरा


तस्वीरहर सम्बन्धित होटलका वेबसाइटबाट साभार गरिएको हो ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*