close

यस वर्ष पर्यटक ४० प्रतिशतले बढे

काठमाडौं। सन् २०१६ मा ७ लाख २९ हजार ५ सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको तुलनामा ३९.७१ प्रतिशतले बढेको हो । यसले भुकम्प र नाकाबन्दी पछि थलीएको पयर्टन व्यवसाय बिस्तार उठ्न थालेको छ । गत वर्ष त्रिभुवन विमानस्थलबाट नेपाली सहित १७ लाख ९६ हजार २सय ११ जना भित्रिएका थिए । जसमा हवाइमार्ग बाट ७ लाख २९ हजार ५ सय ५० र रसुवागढीनाकाबाट २३ हजार ४ सय ५२ आए ।

पर्यटकमा सबैभन्दा धेरै क्रमशः भारत, चीन,श्रीलंका, अमेरिका, बेलायत, थाइल्याड र म्यानमार रहेका छन् । अध्यागमन विभागका अनुसार भर्खर सकिएकोा अंग्रेजी वर्षमा करिब ४० प्रतिशत पर्यटक बढ्दा ७ लाख २९ हजार ५ सय ५० पुगेको छ । हवाईमार्ग भएर भारतबाट १ लाख १८ हजार २ सय ४९ भारतीय त्यस्तै चीनबाट ८० हजार ५ सय ५३ जना चिनियाँ कामाडौं भित्रिए । यता रसुवा नाका सडकमार्ग हुदै पनि २३ हजा ४ सय ५२ जना पर्यटक भित्रिदा चीनबाट मात्रै आउने पर्यटकको संख्या १ लाख ४ हजार ५ पुगेको । यो वर्ष सकारले चिनियाँ पर्यटक लाई लक्षित गर्दै १ सय ५० दिनका लागि ‘ अन – अराइभल फ्री – भिसा ’ सुविधा ल्याएको छ । भारतबाट सडक मार्ग हुँर्दै नेपाल आउने भारतीयको तथ्यांक राख्न नसकेको विभाग बताउछ । विभागले यकीन तथ्यांक राख्न नसकेपनि ०१६ मा २ लाख ७० हजार हाराहारी भारतीयहरु सडक मार्ग हुँदै नेपाल आएको अनुमान विभागको छ ।
भुकम्प र नाकाबन्दी कारण २०१५ मा नेपाल घुम्न आउने पर्यटकको संख्या घटेर ५ लाख ३८ हजार ९ सय ७० मा मmरेको भए पनि २०१६ मा पर्यटकको संख्या ३९ दशमलव ७१ प्रतिशतले बढेर ७ लाख ५३ हजार २ पुगेको छ । नेपालमा सबैभन्दा धेरै पर्यटक आएको वर्ष सन् २०१२ हो । त्यस वर्ष ८ लाख ३ हजार ९२ पर्यटक नेपाल आएका थिए । यो वर्ष ५० मुलुकका रहेका छन् । हालको तथ्यांक लाई केलाउने हो भने मासिक कम्तीमा ४० हजारदेखी अधिकतम ८७ हजारसम्म पर्यटक आउने गरेको देखिन्छ ।
नेपाल आउने प्रमुख मुलुकहरुभध्ये श्रीलंका, थायल्याड, म्यानमारका नागरिकहरु लुम्बिनी भ्रमणका लागि आउने गरेको देखिन्छ । नेपाल घुम्न आउने प्रमुख पाचँ मुलुकभध्ये अमेरिका चौथो स्थानमा रहेको छ । यस तथ्यांकमा अमेरिकी राहादानी प्रयोग गर्ने नेपालीहरुको संख्या पनि उल्लेख रहेको देखिन्छ । विभागले पर्यटकको संख्या अझै वृद्वि सक्ने तर, विमानस्थलको साँघुरोपना, प्रयाप्तमात्रा ध्वजावाहक विमान नहुनु समस्या त छदैछ भएका विदेशी एयरलाइन्सले टिकटदरमा एकाधिकार गर्नु अर्को समस्या रहेको विभागको भनाई छ । हाल नेपालमा २६ वटा विदेशी एयरलाइन्सले सेवा दिइरहेका छन् । २०१५ को तथ्यांकअनुसार नेपाल आउने पर्यटकको औसत बसाई १४ दिन रहेको छ भने पतिदिखर्च ७० डलर रहेको छ । भुटानमा भने दिनको २२० डलर खर्च गर्नु अनिवार्य छ ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*