close

भारतले सगरमाथाको उचाइ नाप्ने, नेपाल बेखबर


भारत सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ पुन: मापन गर्ने विषयमा नेपालसँग करार सम्झौता भईसकेको बताएपनि नेपाल भने यसबारे जानकार नै नभएको बीबीसी हिन्दीले जनाएको छ ।

दुई वर्षअघि गएको भूकम्पका कारण सगरमाथाको उचाइमा परिवर्तन आएको हुनसक्ने आँकलन सहितय पुन: मापन गर्न लागिएको बताइएको छ । सर्वेक्षण जनरल स्वर्ण सुब्बा रावका अनुसार दुई महिनाभित्र विश्वकै सर्वोच्च शिखरमा यो अभियाउन शुरु हुनेछ ।

तर नेपालका अधिकारीहरुले भने कुनै पनि भारतीय दल यसबारेमा सम्झौता गर्न आएका छैनन् । उपग्रहहरुबाट आएका केही सूचनाले सगरमाथाको उचाइमा बदलाव आएको हुनसक्ने संकेतहरु गरेका छन् ।

नेपाल र चीनको सीमा क्षेत्रमा अवस्थित सगरमाथाको उचाई समुद्र सतहदेखि ८,८४८ मिटर अग्लो छ । ६२ वर्षअघि यसको मापन गरिएको थियो । वैज्ञानिकहरुले भूकम्पपछि यसको उचाई एक घाटी (पट्टि)सम्म कम भएको हुनसक्ने दाबी गर्दै आएका छन् ।

रावका अनुसार सगरमाथाको उचाइमा बदलाव देखियो या देखिएन भन्नका लागि टोलीले जमिन, हवाइ र जीपीएस प्रविधिमार्फत सर्वेक्षणको जरुरी छ । रावले बीबीसीलाई बताए अनुसार केन्द्रीय मानचित्र एजेन्सी सर्वे अफ इन्डियाले नेपाल सरकारसँग मिलेर काम गर्ने सैद्धान्तिक सहमति भईसकेको छ । तर नेपालस्थित सर्वे विभागका उपप्रमुख गणेश भट्टले सगरमाथाको उचाइ मापन गर्न भारतसँग कुनै सम्झौता नभएको बीबीसीलाई बताए । बरु नेपालले नै सर्वेक्षण गर्ने योजना बनाइरहेको खुलाए ।

भट्टले भारतीय समाचार संस्था पीटीआईलाई बताए अनुसार ३० सदस्यीय एक मजबुत टिमले डेढ महिनाभित्र सगरमथाको उचाइबारे एकिन गर्नेछ । रावले भने, “सगरमाथाको उचाइबारे हामीले केही थाहा छैन । केही वैज्ञानिकहरु उचाइ घटेका मान्छन् । फेरि यस्तो पनि सोच छ कि यसको उचाइ बढेको पनि हुनसक्छ ।”
–तस्वीरहरु: बीबीसी

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*