close

दुई महिनामा चार हतियार किन दिइयो महेशबहादुरलाई ?

Untitled1चर्को व्याजमा ऋण दिने महेशबहादुर सिंहले दुई महिनामा चारवटा हतियारको लाइसेन्स लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सिंहले आफ्नो र श्रीमति जया श्रीको नाममा काठमाडौं र ललितपुर जिल्ला प्रशासनबाट नौ थान हतियारको लाइसेन्स लिएको देखिन्छ । २०६३ साउनदेखि असोज महिनाको बीचमा सिंह परिवारले चार थान हतियारको लाइसेन्स पाएका छन् ।

जब कि हातहतियार तथा खरखजना ऐनमा पाँच वर्षको फरकमा मात्रै अर्को हतियारको लाइसेन्स लिन पाउने प्रावधान छ । प्रशासनकै मिलेमतोमा सिंहले हतियारको लाइसेन्स लिएको यसबाट प्रस्टै बुझिन्छ ।

सिंहले सि. नं. ५८८८५४ को १२ बोर र ३३९०० को प्वाइन्ट २२ बोरका जर्मन राईफल ३१ असोज २०६३ मा किनेको जिल्ला प्रशासन कार्यालय ललितपुरको रेकर्ड र प्रहरीले बरामद गरेको लाइसेन्स बुकमा देखिन्छ । त्यसको दुई महिनाअघि मात्रै सिंहले एउटा एअर गन र अर्को दुइनाले राईफलको लाइसेन्स लिएका छन् । उनले ४ साउन २०६३ मा कपिला शाहबाट ७६८२० नम्बरको १२ बोर दुईनाले राइफल किनेका हुन् । सोही मितिमा डायना एअर गन समेत खरिद गरेको देखिन्छ ।

विवादस्पद पृष्ठभूमिका व्यक्तिलाई दुई महिनामा चार थान हतियार राख्न दिनुले प्रशासनको हदैसम्मको लापारबाही देखिएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रशासनलाई पत्र काटेको थियो । तर त्यसको जवाफ आएको छैन । सिंह पक्राउ परेपनि जथाभावी हतियारको लाइसेन्स दिने अधिकारीलाई भने प्रहरीले अनुसन्धानको दायरामा ल्याउने सकेको छैन ।

तीन हप्ता अघि सिंहलाई प्रहरीले पक्रेर उनको घरमा छापा मारेको थियो । घरबाट प्रहरीले सात थान मात्रै हतियार बरामद गरेको छ । दुई थान वैध हतियार भने प्रहरीले फेला पारेन । साथै अवैध दुईवटा पिस्तोल समेत सिंहले बोक्ने गरेको उनी निकटहरु बताउँछन्, जुन प्रहरीले खोजिरहेको छ ।

सिंहले एउटा काठमाडौं र आठ वटा हतियारको लाइसेन्स ललितपुरबाट लिएको देखिन्छ । माओवादी द्धन्द्धकालमा असुरक्षित भएको कारण देखाउँदै व्यक्तिले लाइसेन्सवाला हतियार राख्ने क्रम बढको थियो । तर सिंहले ठीक उल्टो गरेका छन् । शान्ति स्थापनापछि सिंहले धमाधम हतियारको लाइसेन्स पाएका छन् । यसले समेत सिंहले ठूलै शक्ति र स्रोत खर्चेर लाइसेन्स लिएको बुझिन्छ ।mahesh weapon

२०४९ सालमा सिंहपत्नी जया श्रीले सि. न. ५०३०६८ नम्बरको हतियार राजेश शमशेर राणाबाट लिएको देखिन्छ । राजेश जयाका भाइ हुन् । रमाइलो कुरा ललितपुरकी जयाश्रीले काठमाडौंबाट लाइसेन्स पाएकी छिन् ।

श्रीमान र श्रीमतिबीच लाइसेन्स साटफेर भएको समेत पाइन्छ । महेशबहादुरको नाममा रहेको ७६८२० नम्बरको हतियारमा जयाश्रीको र जयाश्रीको नाममा रहेको ३५४८७० नम्बरको हतियार महेशबहादुरको नाममा २०७० मा नामसारी भएको छ । एकजना प्रहरी अधिकृत लोग्नेस्वास्नीबीच व्यावसायिक शैलीमा हतियार किनबेच हुनु अनौठो भएको बताउँछन् । महेशबहादुरले आधुनिक बन्दुक बोक्न यस्तो जुक्ति निकालेका हुन् । आफ्नो नामको पुरानो मोडलको बन्दुक श्रीमतिलाई दिएर श्रीमतिको आधुनिक हतियार भने महेशबहादुरले आफ्नो नाममा पास गराएका हुन् । १२ बोरको भन्दा २२ बोरको बन्दुक आधुनिक हो ।

श्रीमतिको नाममा रहेको म्याट्रिकोला बीपी प्वाइन्ट ०५१६४२ प्वाइन्ट २२ बोरको बन्दुकको बाहक समेत महेशबहादुर रहेका छन् । यस हिसाबले महेशबहादुरले पाँच थान हतियार बोक्न पाउने अनुमति पाएको देखिन्छ । बाहकले अरुको हतियार बोक्न सके पनि चलाउन भने पाउँदैन ।
मनी मिटरका बादशाह सिंह पक्राउ परेर पुर्पक्षका लागि थुनामा पुगेपनि उनलाई चरम लापारबाहीपूर्ण तरिकाले हतियारको लाइसेन्स दिने व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । ससाना कुरामा हल्लीखल्ली मच्चाउने परिसरका एसएसपी रमेश खरेलले यति गम्भीर कुरालाई कसरी सल्टाउने हुन् कुन्नि ?

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*