close

चार चिनियाँ विमान चाँडै आउने

काठमाडौं । सहुलियपूर्ण ऋणमा चीनबाट किनिएका नेपाल वायुसेवा निगमका चारवटा विमानलाई विभिन्न चरणमा नेपाल भित्र्याएर देशका २० वटा विमानस्थलमा उडान भरिने भएको छ । निगमले ११ पुसमा विज्ञप्ति निकालेर यस्तो जानकारी गराएको हो ।
सरकारले ०७० मंसिरमा ६ वटा विमानका लागि करिब ६ अर्ब ६७ करोड १० लाख रुपियाँ चीन सरकारसँग ऋण तथा अनुदान सम्झौता गरेको थियो । जसमध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपियाँ अनुदान सहयोग हो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण हो । सम्झौता अनुरुप नेपालले ०७१ वैशाखमा चीनबाट ५६ सिट क्षमताको एमए ६० तथा गत कात्तिकमा दुर्गम क्षेत्रमा उडानका लागि १६ सिट क्षमताको वाई १२–ई विमान ल्याईसकेको छ ।
बाँकी विमान पनि ऋणमा खरिद गर्ने सम्झौता भएको थियो । तर हवाई वीमा, स्पेयर पार्टस्, विमानको भारवाहन क्षमताजस्ता विषयमा चिनियाँ पक्षले सहयोग गर्नुपर्ने निगमले प्रस्ताव राखेको थियो । त्यसपछि विमान भित्रिन समय लागेको हो । निगमको विज्ञप्तिमा यी विमान निकट भविष्यमै आउने बताइएको छ । नेपालले राखेको प्रस्ताव चिनले कसरी लियो भन्नेबारे भने विज्ञप्ति मौन छ ।
चिनियाँ जहाज कहिले ल्याउने भन्ने मिति भने तोकिएको छैन । यसअघि ल्याइएको विमानले भने उडान भरिरहेका छन् । बाँकी सहुलियत ऋणमा खरिद गर्न लागिएका चारवटा विमान त्यसपछि ल्याइनुपर्ने सम्झौता थियो ।

Comments are closed.