close

खुम्बुमा पर्यटकको संख्या बढ्यो

लुक्ला । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा आउने पर्यटको संख्या बढेको छ । खुम्बु क्षेत्रमा सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३ प्रतिशत बढी पर्यटक भित्रिएको पर्यटन प्रहरी कार्यालय लुक्लाको आंकडामा उल्लेख छ । पर्यटक आगमनको संख्या बढेपछि यो क्षेत्रका होटल व्यावसायीसहित पर्यटव व्यवासायीहरु उत्साहित बनेका छन् ।

प्रहरीका अनुसार सन् २०१५ मा करिब साढे २७ हजार पर्यटकले खुम्बु क्षेत्र घुमेकोमा २०१६ मा यो संख्या बढेर साढे ३६ हजार भन्दा बढी पुग्यो । महाभूकम्प, भारतीय आर्थिक नाकाबन्दीका कारण अघिल्लो वर्ष नेपालको पर्यटन उद्योगको गति ओरालो लागेको थियो । तर विस्तारै यो नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ ।

Everest base camp at the end of the Khumbu glacier lies at 5350m in Nepal

खुम्बु पदयात्राका लागि विश्वमै प्रख्या मानिन्छ । हिमाल आरोहणमा समेत ख्याति कमाएको छ, यो क्षेत्रले । सबैभन्दा अग्लो हिमाल सगरमाथासहित यो क्षेत्रमा चोयु, ल्होत्से, आमादब्लाङ लगायतका हिमाल अवस्थित छ । यो क्षेत्रलाई हिमाली स्वर्ग समेत भनिन्छ ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*