close

क्यानाडाको गुरुकुलमा मह जोडी

एड्मन्टन, क्यानाडा । क्यानाडाको एड्मन्टन नगरमा ७ मंसिरमा हास्यमूलक कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट क्यानाडा आएका प्रख्यात हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले आफ्नो प्रस्तूतिमार्फत यहाँका नेपालीलाई हँसाएका थिए । महजोडी लगायतका कलाकार एड्मन्टन ओर्लनसाथै नेपाली बालबालिकाको पाठशाला गुरुकुल पुगेका थिए । IMG_0349 IMG_0353 IMG_0345 IMG_0337कलाकार टोलीलाई गुरुकुलका विद्यार्थी, शिक्षक तथा वि एण्ड द वल्र्ड सेन्टरका पदाधिकारीहरुले स्वागत गरेका थिए । स्वागत गर्दै सेन्टरका अध्यक्ष मोदनाथ खनालले नेपाली भाषा, संस्कृति, सभ्यता, धर्म एवं संगीत क्यानाडामा रहेका नेपाली बालबालिकाहरुमा हस्तान्तरण गर्ने उद्देश्यले पाठशाला खोलिएको बताए । जहाँ बसेपनि आफ्नो भाषा संस्कृति जोगाउनुपर्ने बताउँदै उनले यस्ता कुराको उत्थानमा कलाकारहरुको योगदान अहं हुने बताए । पाठशालामा अध्ययनरत बाल कलाकारले राष्ट्रिय गान सुनाउँदा सबै मन्त्रमुग्ध बनेका थिए । संगीत गुरु ईश्वर खत्रीले प्रशिक्षण दिएका बालबालिकाले मौलिक नेपाली पोशाक सहित प्रस्तुति दिएका थिए । नेपाली बालबालिकाको प्रस्तुति हास्य कलाकार श्रेष्ठले खुलेर प्रशंसा गरे । अभिनेत्री वसुन्धरा भुषालले आफूले विदेशको कार्यक्रम यति व्यवस्थित कहीं नदेखेको भन्दै आयोजकको मुक्तकण्ठले प्रशंसा गरिन् । एडमन्टनमा मह जोडीसहित किरण केसी, शिवहरि पौडेल, रवि लामिछाने, गौरीशंकर धुजु, यमन श्रेष्ठ, मोहित आचार्यले सांस्कृतिक प्रस्तुति देखाएका थिए । गुरुकुलको कार्यक्रम पछि कलाकारहरु नेपालीज क्यानेडियन सोसाइटी अफ एड्मन्टन (नेकासे) ले हरेक महिनाको तेस्रो आइतबार गर्ने नियमित चियापानमा सहभागी भएका थिए । महजात्रा नाम दिइएको कार्यक्रममा रोशन केसी र नितृशा बानियाको आकर्षक युगल नृत्य देखाइएको थियो ।

IMG_0289 IMG_0287 संगीत गुरु खत्रीले जहा“ छने बुद्धका आँखा बोलको गीत सुनाएर सबैलाई गम्भीर बनाए । मह जोडीले व्यंग्यात्मक र सन्देशमूलक महाप्रार्थना गीत सुनाएका थिए । उसले नेपालको निराशाजनक राजनीतिक अवस्थालाई कटाक्ष गरेको थियो । त्यसपछि मह जोडी बेग्लै भेष तथा भंगीमा मञ्चमा देखिएको थियो । जोडीले नेपाली राजनीतिले जन्माएको कुरुप र अभिशप्त जातीय राजनीतिमाथि प्रहार गर्दै बाहुनबहादुर र नेवारबहादुरको भूमिकामा दर्शकलाई भरपूर मनोरञ्जन र सन्देश दिए । मञ्चमा भुषाल र मोहित आचार्य पनि देखिएका थिए । उनीहरुको प्रस्तुति यत्तिमै सकिएन । म डन फोटो स्टुडियो नामक अर्को चरणमा नेपाली राजनीतिलाई गुण्डागर्दी तथा डन संस्कृतिले सलक्क निलेको सन्दर्भमा मर्मस्पर्शी प्रस्तुति दिइएको थियो । नेपालको प्रहरी प्रशासन, युवायुवतीहरुको छाडापनजस्ता विषयमा पौडेल र केसीको जोडीले व्यंग्य कसेको थियो ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*