close

करोडौँ जर्मनको पासवर्ड चोरियो !!!

जर्मनी- एजेन्सीहरू,

email जर्मनीमा एक करोड साठी लाख ईमेल प्रयोग कर्ताको पासवर्ड तथा अन्य सूचना हरू चोरी भएको छ्। देशको सुरक्षा अधिकारीका अनुसार् यसमा संलग्न अपराधी हरूले सन्क्रमित कम्प्युटर र सोफ्ट्वेर को सहाएताले ईमेल ठेगाना र तिनका सुरक्षा पासवर्ड हरू संकलन गरेका हुन्। सङ्घीय सुरक्षा कार्यालयले यसरी ईमेल र पासवर्ड चोरेर ह्याकर हरूले के कुरामा उपलब्धी हासिल गरे भन्नेमा केही प्रतिक्रिया दिएको छैन तर प्रयोग कर्ताको ईमेल र पास्वर्ड चोरी भएको-नभएको जनकारी प्राप्त गर्न सकिने गरि एउटा वेबसाइट भने तयार गरेको छ्।

सुरक्षा कार्यालयले अनलाइन अपराधीहरूले करोडौँ कम्प्युटरमा नेटवर्क को मध्यामबाट कसरी सूचनाहरू चोरी गर्न सके भन्ने बिषयमा ज्ञान हसिल गरेको छ्।

सूचना चोरीमा परेका प्रयोगकर्ता हरू अधिकाँश जर्मन रहेका र ती मध्य बहुसन्ख्यक को ईमेल ठेगाना को अन्तिम अंश .de रहेको जनाइएको छ् जो जर्मन वेबसाईट को सुचक हो। साथै प्रत्यक पाँच जनमा एक जना को ईमेल ठेगाना र गोप्य पास्वर्ड खतरा मा पारेको छ्। यसबात प्रयोगकर्ताहरू चिन्तित भएका पाइएको जनाइएको छ्।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*