close

ओबामा-दलाई लामा भेट, चीन असन्तुष्ट

obama-dalaiचीनको चर्को बिरोधका हुँदाहुदैँ अमेरिकी राष्ट्रपति ओबामाले तिब्बतका निर्वासीत आध्यात्मिक नेता दलाई लामासँग भेटवार्ता गरेका छन्। सो भेटमा राष्ट्रपति ओबामाले तिब्बतमा मानवअधिकारको संरक्षणका लागी आफ्नो जोडदार समर्थन रहने विचार राखेको अमेरीकी अधिकारीहरुले जनाएका छन्।

सो छलफलमा राष्ट्रपति ओबामाले चीन र निर्वासीत तिब्बती प्रतिनिधिबिचको सिधा वार्ता पुन सुचारु हुनुपर्ने धारणा राखेका थिए। दलाई लामासँगको भेट रद्द नगरीए दुई देशको सम्वन्धमा गम्भिर असर पर्ने चीनियाँ चेतावनीका माझ वासिङटनमा सो भेटवार्ता भएको थियो।

सम्मान

कुनै राष्ट्राध्यक्षको हैसियतमा नभई अन्तराष्ट्रिय रुपमा सम्मानित धार्मीक र साँस्कृतिक नेताका रुपमा दलाई लामालाई राष्ट्रपति ओबामाले भेटेको व्हाइट हाउसले जनाएको छ। व्हाईट हाउसकी प्रवक्ता जे कार्नेले भने, “अमेरीकाको चीनसँगको सम्बन्धको सन्दर्भमा राष्ट्रपति ओबामा र दलाई लामा बिच दुई देशको सकारात्मक तथा रचनात्मक सम्बन्ध रहनुपर्छ भन्नेमा सहमती छ र निश्चय नै ।” यसअघि सन् २०११ मा राष्ट्रपति ओबामाले दलाई लामासँग भेट्दा चीनले आक्रोश व्यक्त गरेको थियो।

चीनमाथी तिब्बतमा राजनीतिक र धार्मीक स्वतन्त्रतामाथी दमन गर्ने गरेको आरोप लाग्ने गरेको छ। बेइजिंगले चाँही आर्थिक विकासका कारण तिब्बतको जिवनस्तर धेरै माथी पुगेको बताउने गरेको छ। सन् १९५९ मा चीनियाँ शैनिकले तिब्बतलाई अधिनमा लिएपछी दलाई लामाले भारतमा निर्वासित जिवन बिताइरहेका छन्। हालैका बर्षमा तिब्बतमा चीनियाँ शासनको बिरोधमा ११० जना भन्दा बढी भिक्षूहरुले हालैका बर्षमा आत्मदाह गरेका छन्।

बीबीसी

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*