close

एक दिवसीय विश्वकप सपना समाप्त

nepal hongondएक दिवसीय विश्वकप छनौट प्रतियोगितामा लगतातर तेस्रो खेलमा समेत हार बेहोरेपछि नेपालको विश्कप क्रिकेटमा छनौट हुने सम्भावना लभगभ टुंगिएको छ । युएई र स्कटल्याण्डसँग हारेको नेपालले हङकङसँग समेत तेस्रो खेल समेत १० विकेटले गुमाएपछि नेपाल कठिन मोडमा पुगेको हो ।

क्रिकेट खेल्न थालेको छोटो समयावधिमै ट्वान्टी २० विश्वकपमा छनौट भएपछि नेपालको क्रिकेट खेलको स्तर चाँडै उकासिएकोमा देशभर प्रशंसा भएको थियो । तर एकदिवसीय खेलमा भने नेपालले आफ्नो स्तर कायम गर्न सकेन । सबै खेलमा नेपालले नतिजा नेपालको पोल्टामा सुम्पियो ।

टस हारेर पहिलो व्याटिङको निम्तो पाएको नेपालले एकसय ५० रन मात्रै बनायो । नेपालका तीन बाहेक सबै व्याट्सम्यानले दोहोरो अंक बनाउन नसक्दा नेपालले हङकङलाई कमजोर लक्ष्य दियो । ४९ ओभर तीन बल खेलेको नेपालका लागि बसन्त रेग्मीले ४५, पारस खड्काले २९ र सोमपाल कामीले २६ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । हङकङले ३३ ओभर २ बल खेल्दै बिना विकेटको क्षतिमा नेपालले दिएको लक्ष्य सहजै पूरा गरर्‍यो । उसका लागि इरफान अहमद र वाकस बर्कतले अविजित ८६ र ५६ रन बनाए ।

५ रनको साझेदारी खेलेर आउट भएका नेपालका प्रारम्भिक व्याट्सम्यान अनिल मण्डल दोस्रो ओभरमा आउट भए । १ रन बनाउनसाथै पृथु बास्कोटा, ८ रनमै शक्ति गौचन बाहिरिएपछि नेपालको साख बचाउन शरद भेष्वाकरको प्रयास पनि विफल भयो । उनी ४ रनमै आउट भए ।

२४ औं ओभर जारी रहँदा ६१ रन मात्रै जोडेको नेपालले सातौं विकेटको क्षतिमा बसन्त भण्डारीलाई गुमायो । नेपालको पारी सम्हाले प्रयासमा लागेका कप्तान पारस खड्का २७ औं ओभरमा २९ रन बनाएर क्याच आउट भए ।

खेलकुद क्षेत्रमा राज्यले पर्याप्त लगानी नगरेका कारण नेपालको खेलस्तरमा स्थायित्व नहुने गरेको विश्लेषकहरु बताउँछन् । नेपालले आफूभन्दा राम्रो टिमसँग अभ्यास खेल खेल्ने अवसर नपाएकोले समेत आफ्नो कमजोरीमा सुधार गर्न नसकोको बताइन्छ ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*