close

उर्जा मन्त्रीले विज्ञ हटाएर लेभी सचिव ल्याउन खोज्दा …..

spotlight-rajendra-kishore-khatari-may-1-2013बिगुल । विशेषज्ञतालाई ख्याल नगरी सेवा नै परिवर्तन गरेर पार्टीलाई लेभी तिर्ने सचिव ल्याउन ल्याउन खोज्ने उर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई न्याय सेवा आयोगले पनि आफ्नो ताकत देखाइदिएर जिल्लाराम पारिदिएको छ ।

करिब एक महिना पुग्नै लाग्दा पनि सेवा परिवर्तनको स्वीकृति दिन ढिलाइ गरेर न्याय आयोगले उर्जामन्त्री ज्ञवालीलाई आफ्नो तागत देखाइदिएको हो । सेवा परिवर्तनमा ढिलाइ गरिदिएपछि गत चैत्र २७ गते मन्त्रिपरिषदले निर्णय गरेपनि ज्ञवालीले न्याय सेवाका राजेन्द्रकिशोर क्षेत्रीलाई सचिवका रुपमा उर्जा भित्र्याउन सकेकी छैनन् ।

उर्जा विज्ञ मानिने सचिव विश्वप्रकाश पण्डितलाई हटाएर उर्जामा सामान्य ज्ञानमात्र भएका क्षेत्रीलाई ज्ञवालीले ल्याउन खोजेकी हुन् । पार्टीलाई लेभी नै तिर्ने र आपूmले जे भनेपनि मान्ने भएकाले उनले सेवा परिवर्तन गर्नेसम्मको आट गरेकी हुन् ।
तर न्याय आयोगले सेवा परिवर्तनको स्वीकृतिमा ढिलाइ गरिदिएपछि मन्त्री ज्ञवाली दिक्क भएकी छन् । यस्तै हो भने त केही गर्न नपाइने भयो भन्दै आसेपासेसगं गुनाशो समेत गर्न थालेकी छन् । सरकारको आयु १ वर्ष तोकिएको र त्यसको ३ महिना सकिनै लागेकाले मन्त्री ज्ञवाली निराश बन्दै गएको उर्जा स्रोतको भनाइ छ ।

मन्त्रिपरिषले निर्णय गरेपछि न्याय सेवा आयोगले ढिलो छिटो सेवा परिवर्तनको स्वीकृति दिनैपर्छ । त्यसपछि पनि लोक सेवा आयोगको स्वीकृति चाहिन्छ । लोक सेवाले पनि स्वीकृति दिन ढिलाइ गर्न सक्छ । त्यसले पनि मन्त्री ज्ञवाली हतास छिन् ।

विशेषज्ञतालाई ख्याल नगरि यस म्यानलाई सचिव बनाउन खोजेकोमा ज्ञवाली आलोचित बन्दै आएकी छन् । यसरि विशेषज्ञता मिचेर सेवा परिवर्तन गर्दा इन्स्टिच्युसनल मेमोरीमा धक्का मात्र पुग्दैन, जनशक्ति विकासमा राज्यले गरेको लगानी समेत खेर जान्छ ।

सेवा परिवर्तन गरेरै भएपनि छेत्रीलाई उर्जामा ल्याउन खोज्नुको उदेश्य खुल्न सकेको छैन । तर विज्ञताको अभावका  कारण क्षेत्री उर्जा सचिव भए उर्जा क्षेत्र विकासमा दीर्घकालीन असर पुग्ने विज्ञहरुको भनाइ छ । छेत्री पनि उर्जा पुग्ने र खै कहिले स्वीकृति पाइने हो भन्दै उर्जा सचिवको कुर्सी हेर्ने गरेको त्यहाका कर्मचारीहरु बताउछन् । उनको उर्जा मोह पनि बुझिनसक्नु छ ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*