close

आइजीपी बन्ने एसएसपी खरेलको सपनामा धब्बा

ramesh-kharelबिगुल । खरो स्वभाव र मिडिायबाजी गर्न रुचाउने भनेर कहलिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेशप्रसाद खरेल आफ्नो करियरमै दाग लाग्ने गरी छानविनको दायरामा आएका छन् । लामो समयदेखि नेपाल प्रहरीमा रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा पुग्नका लागि केही प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरु पैसाको ब्रिफकेस बोकेर नेता र शक्तिकेन्द्रमा धाइरहेको भन्ने भाषण गरेपछि खरेलमाथि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको हो । खरेललाई तुरुन्तै सरुवा गर्ने तयारी समेत भएको छ । समितिको निचोडले खरेलको करियरमा ठूलो असर पर्नेछ । खरेल प्रहरी महानिरीक्षक (आइजीपी)का प्रमुख दाबेदारमध्ये पर्छन् । छानविन समितिले दोषी देखाए आइजीपी बन्न खरेलकै व्याजी एसएसपी सर्वेन्द्र खनाललाई प्रत्यक्ष फाइदा पुग्ने छ । त्यसैले पनि डीआइजी विज्ञानराज शर्मा नेतृत्वको समितिको निचोडले ठूलो अर्थ राख्ने छ । खरेल र खनाल आइजीपीका प्रत्यासी हुन् । खरेल पटकपटक चेन अफ कमाण्ड तोडेको र प्रहरी संगठनमै आँच आउने गरी जथाभावी बोल्दै हिंडेर विवादमा परिरहने प्रहरी अधिकारी हुन् । साथै सतही कुरा मात्रै गरेर मिडियामा छाइरहने सेलिब्रेटी प्रवृत्ति समेत उनमा हावी रहेको भन्दै आलोचना हुने गरेको छ । घटनाको अनुसन्धान गरेर दुरगामी प्रभाव पार्ने कुनै पनि काम खरेलले गरेका छैनन् ।

दोस्रोपटक महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख बनेर आएका खरेलका काठमाडौंमा दोस्रो कार्यकाल सुखद नहुने विश्लेषण उतिबेलै भएको थियो । नभन्दै उनी एकपछि अर्को विवादमा मुछिदै गए । काठमाडौं आउनसाथै गुण्डागर्दी विरुद्ध स्टन्ट छेडेका थिए । तर आफैं डन बाघेले आयोजना गरेको एक कार्यक्रममा प्रमु्ख अतिथि बनेर भाषण गरेका थिए । रमाइलो कुरा त के छ भने भाषण गरेर हिंड्नसाथै उनले बाघेलाई पक्राउ गर्न आदेश दिएर सबै मिडियालाई आफैं खबर गरेका थिए ।upendra-ramesh

एउटा टेलिभिजन कार्यक्रममा राम्रा र नराम्रा प्रहरी अधिकारीबारे मूल्यांकन गरेपछि उनीमाथि मिडियामा बोल्न प्रधान कार्यालयले अंकुश लगाएको थियो । खरेलको यस्तो प्रवृत्तिले स्वयं आइजीपी उपेन्द्रकान्त अर्याल पनि रुष्ट भएका थिए । “आफूलाई सजिलो होला भनेर जोखिम मोलेर आइजीपीले दोस्रोपटक प्रमुख बनाएर ल्याएका हुन् तर उल्टै अफ्ठेरो बनाए,” आइजीपी सचिवालय स्रोतले भन्यो । यसअघि काठमाडौं प्रमुख छँदै पनि खरेल कारबाही हुनबाट बालबाल बचेका थिए । बढुवा नभएको झोकमा उनी सञ्चार सेट छोडेर हिंडेका थिए । प्रधान कार्यालयले उनलाई कारबाहीका चिठी रानीपोखरी पठाएको थियो । तर काम गर्ने प्रहरी अधिकृतको मनोबल खस्कने भन्दै रानीपोखरीले कारबाही प्रक्रिया अगाडि बढाएन । त्यसपछि खरेललाई तालिमका लागि चीन पठाइएको थियो ।  आलोचना हुन थालेपछि खरेल स्वयं पनि काठमाडौं प्रमुखका रुपमा नबस्ने मनस्थितिमा पुगेको समेत प्रहरी स्रोत बताउँछ । यसअघि नै उनले सरुवाको मनस्थिति बनाएपनि गृहमन्त्री वामदेव गौतमसँग विवाद बढेपछि प्रधान कार्यालयले नराम्रो सन्देश जाने भन्दै सरुवा रोकेको थियो ।

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*