close

क्यानडामा गुरुकुल पाठशाला

क्यानडा स्थित अल्बर्टा राज्यको राजधानी नगर एड्मण्टनमा गुरुकुल नेपाल नामक नेपाली पाठशालाको बिधिवत उद्घाटन गरिएको छ । धेरै पहिलादेखिको प्रयत्नबाट ७ जुन २०१४ (२४ जेष्ठ २०७१) मा लोकप्रिय गायक धीरज राइको रोमाञ्चकारी कन्सर्ट सहित नेपाली बच्चाहरूका लागि पाठशाला खोलिएको हो ।

10466926_10152447924111460_1179585863_nयस पाठशालामा नेपाली भाषा, संस्कृत भाषा, योग तथा नैतिक शिक्षा, नेपाली संगीत /नृत्य बिशेष रूपमा पढाइने छ । नेपालको राजनीती जती निराशाजानक हुँदै जान्छ, त्यती नै नेपालीहरू बिदेश तर्फ जाने क्रम तीब्र बन्दै गएको छ । लगभाग एक तिहाइ नेपाली बिदेशमा रहेको तथ्यांक पाइएको छ । यस्तो अवस्थामा बिदेशिएका नेपाली-बच्चाहरू नेपाली संस्कृति, भाषा एवं पहिचानलाई बेलामा नै ख्याल नगर्ने हो भने नेपाली संस्कृति, सभ्यता, मौलिक पहिचान तथा जीवन शैलिगत आयामहरू मेटिदै जाने कुरा निश्चित छ ।10439690_10152447924571460_1061432647_n (1)

नेपालमा झनै डरलाग्दो ढंगबाट नेपाली संस्कृति माथि आक्रमण भैरहेको छ । खासगरी राजनीतिको पोशाक लगाएर नेपाली पनमाथि हिलो छ्याप्ने काम दिनानुदिन बढ्दो छ । यही अवस्थालाई दृष्टिगत गरी जहाँ पुगे पनि नेपाली सभ्यता जीवन्त राख्ने एउटा सानो जमर्को स्वरूप क्यानडा स्थित अल्बर्टा राज्यको राजधानी नगर एड्मण्टन बस्ने नेपालीहरूको सकृयतामा गुरुकुल नेपाल अफ एड्मण्टन नामक नेपाली पाठशाला सञ्चालनमा ल्याइएको छ ।

We and the World Center नामक संस्था गठन गरी सोही संस्थाको एउटा प्रमुख कार्यक्रमका रूपमा नेपाली पाठशालाको उद्घाटन भएको कुरा संस्थापक तदर्थ अध्यक्ष मोदनाथ खनालले ब ताए । एड्मण्टन नगरमा मात्र करिब ३५०० नेपालीहरूले बसोबास गरेको र लगभग ३०० जना १५ बर्ष मुनिका बच्चा भएको अनुमान गर्दै नेपाली समाजका अति सकृय तथा अग्रणी ब्यक्तित्व डा. आइ बहादुर गुरुङले नेपाली बच्चाहरूलाई हाम्रो संस्कृति सिकाउने कर्तब्य ठानेर पाठशाला खोलिएको कुरा उल्लेख गरे ।10439606_10152447887096460_45372353_n

कारिब ३०० जना नेपालीहरूको उपस्थितिमा उद्घाटन गरिएको सो कार्यक्रममा चर्चित पप गायक धीरज राइको सनसनीपूर्ण कन्सर्टले उद्घाटन समारोहलाई अझै भब्यता दिएको थियो ।कार्यक्रमको सुरुमा मोदनाथ खनालले सबैलाई स्वागत गर्दै संस्था तथा गुरुकुल नेपाल अफ एड्मण्टन पाठशालाको बारेमा स्पष्ट पारेका थिए ।10425533_10152447921241460_1865966083_n

कार्यक्रममा स्थानीय नेपाली कलाकार ईश्वर खत्री, अर्जुन रसाइली, कमल कार्कीले गीत गाएका थिए भने सुनिता चापागाईं, निशृता बानियाँ, रोशन के सि, रूपेक्षा न्यछ्योन र पल्ल्वीले आकर्षक नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रमको उद्घाटन पञ्चकन्या र धीरज राइको संयुक्त संलग्नताबाट भएको थियो । पाठशाला सञ्चालन गर्न चेतन अधिकारी र बिजया ढकाललाई प्राचार्यको जिम्मेवारी दिइएको छ । समारोह समापन अघि बद्रीप्रसाद भट्टराईले धन्यबाद ज्ञापन गरेपछि १३ नेपाली परिवारद्वारा सौजन्य स्वरूप सबैलाई शाकाहारी भोजनको ब्यबस्था गरिएको थियो

10416836_10152447897781460_428544899_n

प्रतिक्रिया लेख्नुस्

Your email address will not be published. Required fields are marked *

*
*